Home » लघुकथा : छल

लघुकथा : छल

by Shanta Timsina
0 comment

“आजभोलि विकासका नाममा विनास नै विनास भित्रिएको छ ।´´ ऊ रिसाउदै घरभित्र छिर्यो ।
“ हैन ! के भयो हजुरलाई , किन कराउदै आउनु भएको ?´´ श्रीमतीले नम्र भएर सोधिन् । “मास्तिर पहिरो गयो नि ! ´´
“ ओहो ! कुनै क्षति त भएन ? ´´
“ किन नहुनु नि ! पुछार घरेको मतान पुरेछ । भैंसी पनि मरेछ ।
उनले चिन्ता व्यक्त गर्दै भनिन् “ विकासको नाममा विनास मात्र होइन , विदेशी सँस्कृतिको प्रभाव पनि हाम्रो समाजमा जथाभावी मौलाएको छ । हिजो आमा समुहको बैठकमा पार्क मासेर चर्च बनाउने कुरा हुँदै थियो । ´´

“ हेर बुढी ! वातावरण जोगाउने र संरक्षण गर्ने अनि गाउँको विकास गर्ने जिम्मा हामी गाउँलेबासीले लिनु पर्छ । बजेटको सहि सदुपयोग गर्नु गराउनु पर्छ । ´´ उनले सही थापिन् “ खै , के पारा हो ? प्राकृतिक प्रकोपलाई खुल्ला निम्ता दिने काम गरेपछि प्रकृति चूप लागेर बस्छ त ? ´´

उनले चूप लाग्ने इशारा गर्दै भने , “मुआब्जा दिनु पर्छ भनेर भिर खोज्दै हिडेँ । ´´ उनी अलमल्ल परेको देखेर उनले भने , “ बाटो बनाउने निहूँमा भिर खनेर , वनजङ्गल मासेर डोजर चलाको पाप लाग्यो । ´´ कसैसंग कुरा नगरेस् मात्र भन्न भ्याएका थिए , बजेट दुरुपयोगको आरोपमा प्रहरीले समातेर मामाघर लग्यो ।

– शान्ता तिम्सिना भक्तपुर

You may also like

Leave a Comment

Soledad is the Best Newspaper and Magazine WordPress Theme with tons of options and demos ready to import. This theme is perfect for blogs and excellent for online stores, news, magazine or review sites.

Buy Soledad now!

Edtior's Picks

Latest Articles

All Right Reserved. Proudly Powered By Agamya.