Home » लघुकथा: फरक

लघुकथा: फरक

by Shanta Timsina
0 comment

“अबको जीवन कसरी काट्ने होला ?
” उनलाई धेरै छ्टपटी भयो। हिड्दा हिंड्दै एक्कासी उनी बाटोमै रोकिए ।
हातमा अनिवार्य अवकाशको पत्र बोकेर उनी फूलमाला र अबिर सहित घर फर्कदै थिए ।
घर पुग्दा उनले एक्लिएको महसुस गरे।
श्रीमतीले सदाका लागि छाडेको धेरै भएको थिएन ।
झन अवकासले त झनै विक्षिप्त भए । छोरा पनि परिवारसहित सहरमै रमाएको थियो ।
शोकले उनी थला परे।
बुबा बिरामी भएको खबर बिबाहित छोरीको कानमा पुग्यो।
उनले बाबालाई तत्काल अस्पताल पुर्याइन् । डाक्टरले भने ,
” आफुलाई ब्यस्त राख्नुहोस ,सकारात्मक सोच्नुहोस् , पुस्तकहरु पढ्नुहोस् सबै ठिक हुन्छ ।”
छोरीले बाबाको लागि उपयोगी पुस्तकहरू किनेर दिन थालिन् ।
अध्ययनको बानीले उनको लेखन शक्ति पनि पलायो । यो बानीले उनको जीवन नै परिवर्तन गर्यो ।
आजकल उनी लघुकथा वाचन , लेखन र सामाजिक काममा समेत ब्यस्त हुन थाले ।
आजभोलि उनी भन्दै हिँड्छन् रे , “अवकाश प्राप्त जीवन, मैले सोचेजस्तो कहाली लाग्दो र तनावग्रस्त नभइ फरक रहेछ नि !”

– शान्ता तिम्सिना भक्तपुर सिर्जनानगर

You may also like

Leave a Comment

Soledad is the Best Newspaper and Magazine WordPress Theme with tons of options and demos ready to import. This theme is perfect for blogs and excellent for online stores, news, magazine or review sites.

Buy Soledad now!

Edtior's Picks

Latest Articles

All Right Reserved. Proudly Powered By Agamya.