Home » लघुकथा : बजेट

लघुकथा : बजेट

by Shanta Timsina
0 comment

मानिसको ठुलै लर्को मतिर आइरहेको थियो । मानौ त्यो भिड कुनै विवाह उत्सव मनाउन जादैछ।
नजिकै आउदै गरेको भिडलाई नियालेर हेरें। सबैको हातमा बिरुवाका बेर्नाहरु , गोडमेल र बृक्षारोपणका सामाग्रीहरु देखिन्थे । आहा ! बृक्षारोपण र पर्यावरणको महत्व त ठूलो छ नि , तर बनमा काम गर्न जाँदा पनि यत्रो तामझाम, हैन होला भन्दै म अचम्ममा परे ।
म सोच्दै थिए, ” यो जमात कता गएको होला।” मैले सोधें , ” हजुरहरु कता जानुभएको ? ” जबाफ आयो ,” आज जँगल गोड्ने , बडार्ने अनि जङ्गलमा अग्नि रेखा हान्ने साथै त्यो खोला र बाटो छेउमा बृक्षारोपण गर्ने कार्यक्रम छ ,जाउँ हिंड्नुस ।” म पनि भिडसँगै पछि लागें ।
नजिकै चौरिमा आठ / नौ घन्टा बनभोज खाएर रमाइलो गर्न म पनि सामेल भएको थिएँ । रमाइलो बाहेक अरु कुनै कार्य भएन त्यहाँ ।
वेलुका मोबाइलमा भिडियोहरु अपलोड भएको देखेर म छक्क परें। त्यहाँ बृक्षारोपण र बन संरक्षण सम्बन्धी धेरै भिडियोहरु थिए ।
तत्काल साथिलाई फोन लगाएँ । ” हैन ! बनभोजमा रमाइलो मात्र गरिएको थियो त ! भिडियोहरु अप्लोड छन् नि ! उसले भन्यो , ” बिना आइडिया आजभोलि बाँच्न सकिन्छ र ?
भिडियोहरु त नगरपालिकाको बिनियोजित बजेट पारदर्शी गराउने मेरुदण्ड हुन् नि यार! ।”

– शान्ता तिम्सिना . भक्तपुर सिर्जनानगर

You may also like

Leave a Comment

Soledad is the Best Newspaper and Magazine WordPress Theme with tons of options and demos ready to import. This theme is perfect for blogs and excellent for online stores, news, magazine or review sites.

Buy Soledad now!

Edtior's Picks

Latest Articles

All Right Reserved. Proudly Powered By Agamya.