Home » लघुकथा : सम्मान

लघुकथा : सम्मान

by Shanta Timsina
0 comment

“तँ त कहिले पनि, बुढो नभएस् है बाबू !
रोग लागेर ओछ्यानमा थला पनि नपरेस्।
दु:ख गरेर भए पनि छोरालाई टन्न सम्पत्ती कमाइदिएस् ।
सन्तानलाई राम्रो संस्कार दिएस् ताकी भोलि मेरो जस्तो दु:ख तैले खेप्नु नपरोस्।
” नातिको साथमा आमा भेट्न पुगेको छोरालाई एकोहोरो आमाले सम्झाउदै थिइन् ।
घर छोड्ने बेला छोराले भनेका वचन कानमा गुन्जीरहेका थिए ।
उनी अरु केही नबोली आफ्नो कोठामा छिरिन् ।
आमाको खुट्टा ढोग्दै नातिले छेउमा गएर भन्यो ,
” आमा ! हजुरको जुठो खाएर हुर्केको म , हजुरले दिएको सँस्कार कहिल्यै पनि भुलेको छैन मैले ।
बाबाको जस्तो व्यवहार कहिले गरिन ।
सदा बाबालाई असल बन्न सम्झाइरहें ।
बाबा पनि आज त हजुर जस्तै बन्नु भएको छ।
बाबाले अन्जानमा गरेको गल्ती बिर्सीनुस्। ”
” हो आमा ! मैले ठूलो गल्ती गरेछु, अब कहिले पनि गर्दिन ।
” छोराले पाउ पर्दै भन्यो । “हजुरले भन्नू भएको थियो नि !
ठूलो मात्र हैन , अशल मान्छे बन्नु पर्छ भनेर , हो !
आज म त्यही स्थानमा छु ।”
“अब म कमाउने भैसकेको छु , आमा !
हजुरलाई सम्मान गर्छु, अनि बाबालाई पनि ।
अब हामी सबै सँगै बस्ने है ! “
” म आश्रममा नै रमाएकि छु ,
तिमिहरु घर फर्क।
“उनले घर नजाने मनसाय प्रकट गरिन् ।
” म हजुरलाई लिन आएको अब हामी सबै मिलेर बस्नेछौं।
” आमालाई अँगालो हाल्दै छोराले भन्यो ।
छोरा र नातिको मायाले भावुक बनिन् ।
हर्षका आँसु झार्दै नातीको कार चडेको देखेर आश्र्मका सबै बृद्ध बृद्धाहरु आँखाभरी आँसु पार्दै कार गुडेतिरै हेरिरहे।

– शान्ता तिम्सिना भक्तपुर

You may also like

Leave a Comment

Soledad is the Best Newspaper and Magazine WordPress Theme with tons of options and demos ready to import. This theme is perfect for blogs and excellent for online stores, news, magazine or review sites.

Buy Soledad now!

Edtior's Picks

Latest Articles

All Right Reserved. Proudly Powered By Agamya.